बिहे गरेको १० महिनामा श्रीमतीको प्राण लिने साह पाँच वर्षपछि पक्राउ
काठमाडौं । पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका-२ का सन्तोष साह छन्।
फरार रहेका उनलाई बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।
साहले श्रीमती गायत्रीकुमारीलाई २०७६ साल चैत ६ गते राति कुटपिट गरी शम्भुनाथ नगरपालिका-२ ट्राफिक चोकदेखि चार सय मिटर पूर्व फालेका थिए। भोलिपल्ट स्थानीयले फेला पारेर गायत्रीलाई युनिक अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो।
त्यसयता सन्तोष फरार रहेका थिए। खतिवडाका अनुसार गायत्री र सन्तोषको बिहे २०७६ साल जेठ २६ गते भएको थियो।
जिल्ला अदालत राजविराजले सन्तोषलाई कर्तव्य ज्यान मुद्दामा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment