भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार
रौतहट । रौतहट र बाराको सिमानासँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन्।
भारतीय नम्बरको गाडीमा ४३ किलो लागूऔषध गाँजासहित पक्राउ परेका रौतहट मौलापुर नगरपालिका पिपरिया गाउँका सियाराम साहका छोरा २५ वर्षीय लक्ष्मीनारायण साह शुक्रबार बिहान भाग्न सफल भएका हुन्।
बिहान ६ बजे सौच गराउन झरौखर थाना छेउको चौरमा लागिएकोमा गाँजा तस्कर लक्ष्मीनारायणले चौकीदार र प्रहरी लाई झुक्याएर नेपाली सिमातर्फ भागेको भारतीय प्रहरीले जनाएको छ। झरौखर थानाबाट नेपाली सिमाना दशगज्जा बढीमा ५०० मिटर टाढा पर्दछ।
उनी भागेपछि लगत्तै थानाका चौकीदार राम औतारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ। मोतीहारीका एसपी सुवर्ण प्रभातका अनुसार बिना हथकडी सौच गराउन लागेका चौकीदार राम औतारलाई तत्काल निलम्बित गरी रक्सौलका डिएसपी धीरेन्द्र कुमारको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
गाँजासहित पक्राउ परेर फरार भएका अभियुक्त लक्ष्मीनारायण साहमाथि झरौखर थानामा एफआईआर तत्काल दर्ता गरिएको एसपी प्रभातले जानकारी दिए । यस्तो एफआईआर मुद्दामा अदालतबाट जमानत नपाइने ब्यवस्था रहेको उनको भनाइ छ ।
विआर १ पिबी ०१११ नम्बरको कारमा ४३ किलो गाँजा लुकाई छिपाई बाराबाट भारत तर्फ लागिरहेकोमा बिहीवार झरौखर चौकस्थित भारतीय सीमासुरक्षा बल एसएसविको सहायक कमान्देन्ट भाग सिंह नेतृत्वको टोली र थानाको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा पक्राउ गरेको थियो।
चौकीदार निलम्बन भएपछि स्थानीयले झरौखर थाना प्रमुख सई अभयकुमार सिंह पनि दोषी रहेको भन्दै उनको पनि निलम्बन हुनुपर्ने माग गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment