भक्तपुरमा पैदलयात्रीलाई गाडीको ठक्कर
भक्तपुर । भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-५ पिखेलका ७२ वर्षीया केकई मग्रराती मगर रहेकी छन्।
चाँगुनारायण नगरपालिका-३ कोल्पाकोट ओरालोस्थित सडकमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको गाडीको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्।
उनको काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment