च्याम्पियन्स ट्रफी २०२५ को पुरस्कार राशी घोषणा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट टोलीको पुरस्कार राशी घोषणा गरेको छ।
आईसीसीले आफ्नो वेबसाइटमा दिएको जानकारी अनुसार विजेता टोलीले २२ लाख ४० हजार डलर पाउनेछ।
दोस्रो हुने टोली अर्थात् फाइनलमा हार्ने टोलीले ११ लाख २० हजार डलर पाउनेछ। सेमिफाइनलमा हारेको टोलीले ५ लाख ६० हजार डलर पाउनेछन्।
फेब्रुअरी १९ देखि सुरु हुने च्याम्पियन्स ट्रफी २०२५ मा आठ टोलीले खेल्नेछन् । यसको अन्तिम खेल मार्च ९ मा खेलिनेछ।
यसलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा चार टोली छन्।
च्याम्पियन्स ट्रफीका खेलहरू पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुनेछन्। यद्यपि, भारतका खेलहरू पाकिस्तानमा आयोजना हुनेछैनन्।
२०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment