डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

डिसी नेपाल
३ फागुन २०८१ १०:२७
384
Shares

पोखरा । फेसबुकमा नक्कली आईडी बनाएर डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जना काभ्रेका युवा काठमाण्डौबाट पक्राउ परेका छन्।

‘नेहा गुरुङ’ नामक नक्कली फेसबुक अकाउन्ट बनाएर सोही फेसबुकमार्फत सम्पर्क गरी प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा काभ्रेका दुई युवा काठमाण्डौको सोह्रखुट्टेबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक, चौरी देउराली गाउँपालिका–७ का १९ वर्षीय मनिष भुजेल र भूम्लु गाउँपालिका–४ का २१ वर्षीय निशान पहारी रहेका प्रहरीले जानकारी दिएको छ।

उनीहरुले उक्त नक्कली फेसबुक आइडीमार्फत पोखराका एक जनालाई डिपेन्डेन्ट भिसामा युके पठाउने आश्वासन दिएर ६ लाख एक हजार नौसय ५५ रुपैयाँ ठगेको आरोप प्रहरीले लगाएको छ।

कास्की प्रहरीले उनीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *