नाबालिकासहित महिलाले माछा पोखरीमा हामफालिन्, शिशुको मृत्यु
विराटनगर । मोरङको बेलबारीमा नाबालिका छोरीसहित एक महिलाले पोखरीमा हाम पालेकी छन्।
बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी प्रीति यादव पोखरीले पोखरीमा हाम फालेकोमा उनको उद्धार गरिए पनि नाबालिकाको ज्यान गएको छ।
६ महिनाकी छोरी काव्या यादवसहित शुक्रबार साँझ ७:३० बजेतिर माछा पोखरीमा हाम फालेकी यादवको उद्वार गरि उपचार भइरहेको प्रहरीले जनाएको छ।
अस्पताल पुर्याउन साथ राति ८:३० बजेतिर शिशुलाई भने चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीको भनाइ छ। आमाको पनि अवस्था गम्भीर छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment