बर्दियामा हात्ती मृत फेला
बर्दिया । ठाकुरबाबा नगरपालिका–४ खैलारको मसुरो बारीमा शनिबार बिहान एक वयस्क भाले हात्ती मृत फेला परेको छ।
करिब ३५ वर्षको उक्त हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जले जनाएको छ। पोष्टमार्टम रिर्पोट आएपछि थप जानकारी आउने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक रामले बताए।
केही समययता उक्त हात्तीले आसपासका गाउँ बस्तीमा पसेर कच्ची घर र अन्नबाली क्षति गर्दै आएको थियो। घटनास्थलमा निकुञ्जका वन्यजन्तु चिकित्सक, अनुसन्धान अधिकृत खटिएका छन्। बर्दिया निकुञ्जको सिमानादेखि करिब ५ किमी दक्षिणमा हात्ती मृत भेटिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment