मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोलीले नेपाललाई हरायो

डिसी नेपाल
३ फागुन २०८१ १८:०९
1.3k
Shares

काठमाडौं। चीनको नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल चीन युनान युवा फुटबल टोलीले जितेको छ।

शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा चीन युनान युवा फुटबल टोलीले नेपाली यु-२० युवा टोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो।

खेलको २१औं मिनेटमा यु मोङ्घायुईको गोलमार्फत चिनिया टोलीले अग्रता लिएको थियो। त्यस्तै ७८औं मिनेटमा वाङ्ग बिनहानले अग्रता दोब्बर बनाए।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो।

खेल अघि रंगशालामा समारोहमा ड्रायगन नाच, लायन्स नाच लगायतका चीनको सांस्कृतिक नाँच प्रस्तुत गरिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *