अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यको उपचार जारी, अवस्था जोखिममुक्त

डिसी नेपाल
३ फागुन २०८१ १८:१९
692
Shares

काठमाडौं। पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी रहेको छ।

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो। बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्य घाइते भएका थिए।

अर्थमन्त्री पौडेलका साथै पोखरा महानगर प्रमुख आचार्यको उपचार भइरहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए। घाइतेको अवस्था बुझ्दै उनले आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सतर्कता अपनाउनुपर्ने बताए।

त्यस्तै पौडेल र आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिँदै एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले चिकित्सकहरुले जाँच गरेको र खतरमुक्त रहेको जानकारी दिएको बताए। अर्थमन्त्रीको हात र मुहारमा केहि जलन देखिएको उनले बताए।

घटना हुनेबितिकै मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र महानगर प्रमुख आचार्यको फिस्टेल अस्पताल पोखरामा प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *