स्पेनिस ला लिगा – शीर्ष स्थानको रियल बराबरीमा रोकियो

डिसी नेपाल
४ फागुन २०८१ ८:४१
144
Shares

काठमाडौं । जारी सिजनको स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड फेरि बराबरीमा रोकिएको छ।शनिबार राति रियललाई ओसासुना क्लबले बराबरीमा रोकेको हो।

अघिल्लो खेलसमेत बराबरी खेलेको रियललाई ओसासुनाले १-१ गोल बराबरीमा रोक्यो। ३९ मिनेटमा जुड बेलिंघमले रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो।

रियलले किलियन एम्बाप्पेको गोलमा खेलको १५ मिनेटबाट अग्रता लिएको थियो। दोस्रो हाफको ५७ मिनेटमा ओसासुनाले पेनाल्टी पाएको थियो।

पेनाल्टीमा एन्टे बुदिमिरले गोल गरेर टिमलाई बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन्। यो बराबरीसँगै रियलको २४ खेलबाट ५७ अंक पुगेर शीर्षस्थानमै छ। ओसासुनाको समान खेलमा ३२ अंकसहित सातौं स्थान छ।

दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले समेत शनिबार राति बराबरी खेलेको छ। उसलाई सेल्टा भिगोले १-१ बराबरीमा रोकेको हो। एटलेटिकोको समान २४ खेलबाट ५० अंक रहेको छ।

एक खेल कम खेलेको बार्सिलोनाको ५० अंक रहेको छ। यससँगै यी तिनै टिमबीचको उपाधि यात्रा रोमाञ्चक हुने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *