विद्यार्थी बोकेको बस दुर्घटना

डिसी नेपाल
४ फागुन २०८१ १८:३३
1.1k
Shares

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–४ आमखोलीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ।

आइतबार बेलुका ५:३० बजेतिर सु.प्र ०१००१ ख ३०५४ नम्बरको बस ब्रेक फेल भएर सडकबाट कम्तीमा १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बस बाजुराबाट विद्यार्थी बोकेर पोखरा भ्रमणमा जान लागेको खुलेको प्रहरीको भनाइ छ।

दुर्घटनामा ६ जना विद्यार्थी घाइते भएको र उनीहरू उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा पठाइएको बताइएको छ। बसमा बाजुराको भानुदय माध्यामिक विद्यालयका विद्यार्थी सवार रहे पनि विस्तृत विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *