प्रहरी कुट्ने शाहीले गरे आत्मसमर्पण
काठमाडौं । ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि कुटपिट गर्ने गोपालबहादुर शाहीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। माघ २४ गते राति प्रहरी कुटेर फरार शाहीले आज प्रहरी समक्ष आत्मसपर्मण गरेका हुन्।
आत्मसर्मपण गरेका शाहीलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
यससँगै प्रहरी कुटपिटमा संलग्न रहेर पक्राउ पुर्जी जारी भएका ६ जनामध्ये चार जना प्रहरी हिरासतमा छन्। दुई जना अझैँ फरार छन्।
यो समूहले २४ माघको राति प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टलाई कुटेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment