खोटाङको हलेसी बजारमा आगलागी

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित हलेसी बजारमा आगलागी भएको छ। स्थानीय पदम राईको हार्डवेयरबाट आगो फैलिएको हो।
आगो निभाउन जिल्लाबाट डीएपी प्रतीक विष्ट नेतृत्वको टोली र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ। साँझ ७ बजे सुरु भएको आगलागी अन्य घरहरूमा पनि फैलिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणको प्रयास भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment