नेपालले आज पहिलो खेल कीर्गिस्तानसँग खेल्दै

डिसी नेपाल
५ फागुन २०८१ ६:४१
264
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) आजबाट सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भोलिदेखि शुरु हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ।

नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ। खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच खेल हुनेछ।

आज आयोजित प्रि-म्याच कन्फ्रेरेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताका लागि नेपाली टोलीको तयारी पूरा भएको जानकारी दिए।

यो प्रतियोगिता नेपालको लागि राम्रो अवसर भएकोले बताउँदै कप्तान एन्जिला तुम्बापो सुब्बाले नेपाली टोलिको तयारी राम्रो रहेको र अब मैदानमा प्रमाणित गर्नुपर्ने बताइन्।

मैदानमा घरेलु दर्शकमाझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा नेपाल रहेको छ। प्रतियोगिताका सहभागी हुन बाहिर रहेका खेलाडीहरु नेपाल आइपुगिसकेका छन्।

स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा भने आज बिहान फ्रान्सबाट नेपाल आइपुग्दैछिन्। च्याम्पियनसिपमा नेपालसहित लेवनान, किर्गिस्तान र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *