कांग्रेस महामन्त्री गगन थापाले गरे महाकुम्भमा स्नान

डिसी नेपाल
५ फागुन २०८१ १३:१४
492
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको प्रयागराजस्थित महाकुम्भमा स्नान गरेका छन्। पत्नी अञ्जना केसीसहित प्रयागराज पुगेका थापाले सोमबार गंगा स्नान गरेका हुन्।

थापा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीको परिवारका साथ महाकुम्भ मेला गएका हुन्। यतिबेला कांग्रेससहित विभिन्न दलका सांसदहरू प्रयागराज पुगेका छन्। जसकारण संघीय संसदमा पेस हुने भनिएका विभिन्न अध्यादेश तत्कालका लागि स्थगित गरिएको छ।

भारतको उत्तर प्रदेशस्थित तत्कालीन इलाहाबाद हाल प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाले यतिबेला भारतको धार्मिक पर्यटनमा धूम मचाइरहेको छ।१४४ वर्षमा लागेको महाकुम्भमा महास्नानका लागि दैनिक लाखौंको संख्यामा तीर्थालुहरू पुगिरहेका छन्।

साधुसन्त, तपस्वीहरूको उपस्थिति बाक्लो छ। माघी पूर्णिमाको अवसरमा एकैदिन दुई करोडभन्दा धेरै श्रद्धालुले महास्नान गरेको उल्लेख गरिएको छ। ४५ दिनसङ्गम चल्ने महाकुम्भमा ५० करोड तीर्थालु उपस्थित हुने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *