ओडिसाको विश्वविद्यालयले माग्यो माफी, शैक्षिक वातावरण बनाउन प्रयासरत रहेको दावी
उडिसा। भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले माफी मागेको छ। एक जना नेपाली विद्यार्थीको हत्या भए पछि नेपाली विद्यार्थी माथि लगाइएको अस्थायी निलम्बन फिर्ता लिएको घोषणासमेत गरेको छ।
केआईआईटीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ र सामान्य शैक्षिक गतिविधिमा भाग लिनेछन् जुन चाँडै पुनर्स्थापित गरिनेछ, यस अवधिमा उनीहरूको शैक्षिक पक्षलाई बाधा पुर्याइने छैन र विश्वविद्यालयले उनीहरूको हेरचाह गर्नेछ।’
शैक्षिक कक्षा र छात्रावासको अस्थायी निलम्बन तुरुन्तै फिर्ता लिइएको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘शान्ति कायम राख्न र उचित न्याय सुनिश्चित गर्ने उद्देश्यले यो कदम चालिएको हो।’
केआईआईटीले थप अप्रिय घटनाहरू हुन नदिन र सहज र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न नेपाली विद्यार्थीलाई स्थानीय सोधपुछ भइरहेकोसमेत जनाएको छ।
आइतबार २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन्। उनले आत्महत्या गरेको आशंका गरिए पनि सो कारण अप्रत्याशित रूपमा विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थी माथी धरपकड गरिएको थियो।
सो घटनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवाले पनि चासो व्यक्त गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment