स्पेनिस ला लिगा: बार्सिलोनाले खोस्यो रियलको शीर्ष स्थान
काठमाडौं। स्पेनिस ला लिगामा बार्सिलोजना फेरि शीर्ष स्थानमा उक्लिएको छ। रायो भालोसानोलाई सोमबार राति १-० ले पराजित गर्दै बार्सिलोना लिगाको शीर्ष स्थानमा उक्लिएको हो।
बार्सिलोना रियल म्याड्रिडलाई गोल अन्तरको आधरमा अंक तालिकाको शीर्ष स्थानमा पछि पारेको हो। यसअघि रियलले बार्सिलोनाको शीर्षस्थान खोसेको थियो।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोर्बट लेवान्डोव्स्कीले गोल गरेका थिए। उनले २८ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बन्न पुग्यो।
जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक भएको छ। दोस्रो स्थानमा रहेको रियलको पनि ५१ अंक भए पनि गोलअन्तरमा पछि परेको छ।
समान खेलबाट ५० अंक जोडेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ। भालोसानो २४ खेलमा ३५ अंकका साथ छैठौं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment