जाजरकोटमा स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ।
बिहीबार बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए।
जाजरकोटको कुशे-१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको मृत्यु भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment