आयोग बनाएर बाँकी काम पूरा गर्ने सहिद परिवारलाई प्रचण्डको आश्वासन

डिसी नेपाल
९ फागुन २०८१ ११:४०
72
Shares

पोखरा। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्। अध्यक्ष प्रचण्डले शुक्रबार तनहुँको दुलेगौडामा शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन्।

भेटमा अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका शहीद तथा बेपत्ताहरूको सम्मान, राहत लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए।

प्रचण्डले भने, ‘हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका शहीद बेपत्ताको सम्मानमा महत्वपूर्ण काम गर्‍यौँ। जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्‍यौँ। हाम्रै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन टुंगो लगाएका छौँ। आयोग बनाएर बाँकी काम पूरा गर्न संघर्ष गर्छौं।’

भेटमा शहीद परिवारका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डले शहीद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुंगाउन ध्यानाकर्षण गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *