‘देशमा सुशासन कायम हुन सकेन’

डिसी नेपाल
९ फागुन २०८१ २१:२५
28
Shares

कर्णाली। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा अझै सुशासन कायम हुन नसकेको बताएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागद्वारा आज आयोजित ‘विदेशदेखि स्वदेशसम्म’ विषयक प्रदेश भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासनकै लागि वर्तमान सरकार गठन भएपनि अपेक्षित उपलब्धि नभएको बताए।

उनले सरकारले अध्यादेश ल्याएर गलत गरेको टिप्पणी गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले भने, ‘संसद् छँदै जथाभावी अध्यादेश ल्याउनु राम्रो होइन।’

नेता कोइरालाले पार्टीभित्र वा पार्टी बाहिरकाले सरकारको खबरदारी गरिरहेको बताए। उनले विसं २०८४ अघि नै कांग्रेस पार्टीको महाअधिवेशन गर्नुपर्ने सुझाव दिए

सत्ता गठबन्धनबीच भएको सात बुँदे सहमति कार्यान्वयन नभएको र सरकार सुशासनका साथै अर्थतन्त्र सुधारमा कमजोर देखिएको उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *