तत्काल कुनै पार्टीसँग एकता हुन्न: एकीकृत समाजवादी

डिसी नेपाल
९ फागुन २०८१ २३:००
36
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) तत्काल कुनै पनि पार्टीसँग एकीकरण नजाने भएको छ। पार्टीको आजदेखि सुरू केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी समाजवादी विचार र लक्ष्यमा प्रष्ट रहेकाले एमाले, माओवादीलगायत राजनीतिक दलसँग तत्काल एकीकरणको कुनै सम्भावना नरहेको उल्लेख छ।

तत्कालीन अवस्थामा गरेको विद्रोहको औचित्य पुष्टि भएकाले भनिएको प्रतिवेदनमा आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने साथै वर्तमान सरकारले दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोजको उल्लेख छ। समाजवादको पक्षमा रहेका शक्तिलाई एकताबद्ध गर्न पार्टीले पहलकदमी लिइरहेको जनाइएको छ।

बैठकमा अध्यक्ष नेपालले निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगायत १३ बुँदे आचारसंहिता पेस गरे।

बैठकमा महासचिव घनश्याम भुसालले मुलुकको अर्थ राजनीतिक संकट र त्यसको समाधानसम्बन्धी अभियानबारे तालिका प्रस्ताव गरे। पार्टीका जिल्ला अधिवेशनहरू गर्ने प्रस्तावमा सबै जनसंगठन, विभागसहित अन्य संघ संस्थाहरूबाट आगामी चैत १५ गतेसम्म केन्द्रीय तहमा सुझाव संगलन गर्ने कार्यक्रम छ।

भोलिसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने कार्यक्रम छ। बैठक भोलि ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *