अनागरिक बन्दैछन् नेपाली : चन्द्र भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले पछिल्लो समय नेपाली अनागरिक बन्दै गएको टिप्पणी गरेका छन् ।
नेता भण्डारीले पैसा कमाउने लोभले होस् या देश छाड्ने होडबाजीले होस् नेपाली नागरिक अनागरिक बन्दै गएको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
‘नेपाली अनागरिक बन्दैछन! जुनसुकै कारणले होस- पैसा कमाउने लोभले होस! देश छाड्ने होडवाजीले होस!!! मानिस बिक्रि गर्ने दलालको फन्दामा परेर होस! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन!! नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिप्युट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ!,’ भण्डारीले लेखेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment