‘धरान रन’को उपाधि केन्याली धावकलाई
धरान (सुनसरी) । केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन्। आज यहाँ सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन्।
दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेभने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो। धावकद्वयलाई नगद रु.६० हजार पुरस्कार प्रदान गरिएको छ।
पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरेभने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन्। उनीहरूलाई पनि समान नगद रु.४० हजार पुरस्कार प्रदान गरिएको छ।
धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। उनीहरुलाई नगद रु.३० हजार प्रदान गरिएको थियो। प्रतियोगितामा चार हजार धावक सहभागी थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment