एनएसएलको मिनी अक्सन सम्पन्न

डिसी नेपाल
१० फागुन २०८१ १७:३०
176
Shares

काठमाडौं। तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को मिनी अक्सन सम्पन्न भएको छ।

शनिबार काठमाडौंमा भएको मिनी अक्सनबाट लिगमा सहभागी हुने सात टीम करिब तयार भएको छ।

यहि चैत्र महिनामा हुने प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी सहभागी हुदैछन्।

अक्सनमा क्याटगरी ‘ए’ मा १५ जना र क्याटगरी ‘बी’ मा ४५ गरी कुल ६० खेलाडी मात्र अक्सनमा राखिएका थिए। क्याटगरी ‘ए’ का खेलाडीको बेस प्राइस २ लाख र म्याक्सिमम प्राइस ४ लाख रुपैयाँ तोकिएको थियो भने त्यस्तै क्याटगरी ‘बी’ को बेस प्राइस १ लाख ५० हजार र म्याक्सिमम प्राइस २ लाख रुपैयाँ तोकिएको थियो।

मिनी अक्सनमा आठ खेलाडी सर्वाधिक चार लाख रुपैयाँमा बिक्री भएका छन्। जसमा मणिकुमार लामा, अभिषेक लिम्बू, सुमित श्रेष्ठ, पासाङ लामा, आशिष गुरुङ, दिनेश हेम्जन, जेलेस्पीजंग कार्की र सन्तोष कार्की रहेका छन्।

अक्सनमा केहि नाम चलेका खेलाडीहरु बिक्रि भएनन्। मिनी अक्सनसंगै अब विदेशी खेलाडी र स्थानीय खेलाडी छनोट हुन बाकी रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *