सरकारको हेलचेक्य्राँईका कारण नेपाल ग्रे-लिष्टमा पर्योः पूर्व गभर्नर क्षेत्री
काठमाडौं। पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले सरकारको हेलचेक्राइका कारण नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को नकारात्मक सूची (ग्रे लिस्ट) मा परेको टिप्पणी गरेका छन्।
शनिबार रिपोटर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा क्षेत्रीले सरकारकै कारण नेपाल ग्रे-लिष्टमा परेको भन्दै त्यसबाट बाहिर आउन सरकार गम्भीर हुनुपर्ने बताएका हुन्। एफएटीएफको ग्रे–लिष्टबाट उन्मुक्ति पाउन उनीहरुले भनेको कुरा पालना गर्नुपर्ने र सुधारको स्पष्ट कार्ययोजना दिन सक्नुपर्ने उनले बताए।
उहाले एफएटीएफले मागेको कार्ययोजना समयमा नै सम्पन्न गरे ग्रे लिस्टबाट नेपाल हट्न सक्ने जिकिर गरे।
साक्षात्कारमा अर्थविद् डा.रेवतबहादुर कार्कीले एफएटीएफले ४० वटा परिसूचक निर्धारण गरेकोमा नेपालले २१ वटामात्रै परिपालन गर्न सकेको, १६ वटा आंशिक र ४ वटा परिपालन हुँदै नभएको बताए। सरकारको गतिविधिकै कारण नेपाल ग्रे लिस्टमा परेको उनको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment