दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

डिसी नेपाल
१० फागुन २०८१ २१:३५
204
Shares

खलङ्गा (दार्चुला)। जिल्लाको मार्मा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित २८ दशमलव तीन सय चार मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलन्यास गरिएको छ।

दार्चुला पावर लिमिटेडका सञ्चालक गुरु न्यौपानेको अध्यक्षता तथा प्रतिनिधिसभाका सांसद दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यतामा आज आयोजनाको शिलन्यास गरिएको हो।

जलविद्युत् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने लिमिटेडले जनाएको छ। तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत रु छ खर्ब २३ करोड ६२ लाखभन्दा बढी रहेको आयोजनाका सञ्चालक न्यौपानेले जानकारी दिए।

शेरीबाट आठ दशमलव पाँच किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ। शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभाका सांसद मानबहादुर धामी र विक्रमसिंह धामीलगायतको उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *