च्याम्पियन्स ट्रफीमा इङ्गल्याण्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

डिसी नेपाल
११ फागुन २०८१ ६:२२
512
Shares

काठमाडौं। पाकिस्तानको लाहोरमा खेलिएको आईसीसी च्याम्पियन्स ट्रफीको चौथो खेलमा अष्ट्रेलियाले इङ्गल्याण्डलाई हराएर इतिहास रचेको छ। जोश इङ्गलिसको अविजित शतकको मद्दतले अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको हो। इङ्ग्ल्याण्डले अष्ट्रेलियालाई जितका लागि ३५२ रनको लक्ष्य दिएको थियो। तर अस्ट्रेलियाले १५ बल बाँकी रहँदा निकै रोमाञ्चक खेलमा यो लक्ष्य हासिल गर्‍यो।

अष्ट्रेलियाली टोलीले टस जितेर इङ्ग्ल्याण्डलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो। इङ्ग्ल्याण्डको सुरुवात राम्रो भएन, उनीहरूले ६ ओभर भित्र दुई विकेट गुमाए।

तर बेन डकेटको १६५ र जो रुटको ६८ रनले इङ्ल्यान्डलाई ३५१ को स्कोरमा पुर्‍याउन मद्दत गर्‍यो। अस्ट्रेलियाका लागि बेन द्वारशिवले तीन विकेट लिए। यो लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले पनि २७ रनमा दुई विकेट गुमायो। यद्यपि, सर्टले ६३ र लाबुस्चेनले ४७ रन बनाएर अस्ट्रेलियालाई खेलमा फर्काए।

यसपछि, इङ्गलिसले केरीसँगै जिम्मेवारी सम्हाले। केरीले ६९ रन बनाए। इङ्गलिसले ८६ बलमा १२० रन बनाएर अविजित रहे र टोलीलाई जित दिलाए । म्याक्सवेल पनि १५ बलमा ३२ रनमा अविजित रहे।

जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *