केपी ओली कपको शुभारम्भ

डिसी नेपाल
११ फागुन २०८१ १६:०७
228
Shares

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ। आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतियोगिताको शुभारम्भ गरेका हुन्।

प्रधानमन्त्री ओलीले बल रेफ्रीलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन्। सो अवसरमा खेलकुदमन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्यलगायत उपस्थित थिए।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुनेछन्। फागुन १९ सम्म आयाेजना हुने प्रतियोगितामा एपीएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी एफसी, न्यूरोड टिम, मच्छिन्द्र एफ र एफसी ट्रान्सपोर्ट युनाइटेड सहभागी हुँदैछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *