पाकिस्तानले भारतलाई दियो २४२ रनको लक्ष्य
काठमाडौं। पाकिस्तानले भारतलाई २४२ रनको लक्ष्य दिएको छ। जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४९.४ ओभरमा अल आउट हदै २४१ रन बनाएको हो।
पाकिस्तानका लागि साउद शाकीलले सर्बाधिक ६२ रन बनाए भने कप्तान मोहमद रिजवानले ४६ रन बनाएका थिए। त्यस्तै खुशदिल शाहले ३८ रन बनाए भने बबर आजमले २३ र सलमान अली अघाले १९ रन बनाएका थिए।
त्यसैगरी भारतीय बलर कुलदीप यादवले ३ विकेट लिए भने हार्दिक पाण्डेयले २ विकेट लिएका थिए । त्यसैगरी अक्सर पटेल, हर्षित राना र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment