ठमेल, सोह्रखुट्टे र गौशाला क्षेत्रबाट सात जना बंगलादेशी पक्राउ

डिसी नेपाल
११ फागुन २०८१ १९:३६
388
Shares

काठमाडौं । प्रहरीले सात जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले ठमेल, गौशाला र सोह्रखुट्टे क्षेत्रमा बसोबास गरिरहेका मोहम्मद अतिकुल इस्लामसहित सात जनालाई शुक्रबार पक्राउ गरेको हो।

शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरू भिसा अवधिपछि पनि गैरकानुनी तरिकाले बसिरहेको पाइएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान र थप कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *