कम्युनिष्ट आन्दोलनका अग्रज अधिकारी र निरौलालाई प्रचण्डको सम्मान
काठमाडौं। । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र बेदनिधि निरौलालाई सम्मान गरेका छन्।
माओवादीले आजदेखि शुरु गर्न लागेको माओवादी तराई मधेस जागरण अभियानका लागि झापा पुगेका प्रचण्डले अधिकारी र निरौलालाई सम्मान गरेका हुन्।
यस अवसरमा उनले हिजो क्रान्तिको प्रतिक मानिने झापालाई अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतराबाट जोगाउनु जरूरी रहेको बताए।
माओवादीले आजदेखि झापाको कचनकवलदेखि तराई मधेस जागरण अभियान शुरु गर्दै छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment