कुलमानको बचाउ गर्दै माओवादी सांसद पौडेलको प्रश्न- उज्यालो नेपाल बनाएर के गल्ती गरे ?
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले नेपाल विद्यतु प्राधिकरणको एमडी कुलमान घिसिङले उज्यालो नेपाल बनाएको बताएका छन्।
उनले भने,‘अहिले कुलमानलाई विहानै हटाईन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनिँदैछ। उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे? घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे कुलमानले ? मुलुकलाई लोडसेडिङमुक्त गरेर के गल्ती गरे कुलमानले? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे? बरु सम्मान गर्नुपर्छ।’
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले विद्युतको बक्यौता नतिर्नेको लाईन काटिनुपर्ने आवाज उठाए। तर, महशुस तिर्नेहरुको नै लाईन काटिएको भन्दै उनले आपत्ति जनाए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment