कुलमानलाई विद्युत प्राधिकरणबाट हटाउन हुँदैनः ऊर्जा राज्यमन्त्री
काठमाडौं। ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन नहुने बताएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिलकोे अवस्थामा ल्याएको भन्दै अहिले प्राधिकरणबाट हटाउन नहुने बताएका हुन्।
उनले नेपालको विद्युत क्षेत्रको विकासमा धेरै महत्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै हटाउने विषयमा बाहिर आएका चर्चा हल्लामात्र भएको धारणा राखे। आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेको र आगामी चार बर्षका लागि फेरी मौका दिनुपर्ने उनको भनाइ छ।
उहाले सरकारको कर्मचारीलाई चित नबुझेको कुरामा स्पष्टीकरण सोध्नु ठूलो विषय नभएको उल्लेख गरे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment