प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना धरौटीमा बुझाएर छुटे

डिसी नेपाल
१२ फागुन २०८१ १९:०१
416
Shares

काठमाडौ। काठमाडौंको ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताहरू धरौटी बुझाएर रिहा भएका छन्।

सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरुलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएका हुन्।

इजलासले पक्राउ परेका रमेश फुलारालाई १५ हजार तथा कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई जनही १०/१० हजार धरौटीमा छाड्न आदेश दिएको थियो।

जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष हुन्।

उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि सांघातिक आक्रमण गरेका थिए।

अनेरास्ववियूका नेताहरुको सांघातिक आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो। घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो। त्यस्तै, जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *