बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
काठमाडौं। सरकाले बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणमा ओझालाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि सोमबार नै प्राधिकरणको अध्यक्ष छनोटमा लागि गठित सिफारिस समितिले ओझासहित तीन जनाको नाम सिफारिस गरेर पठाएको थियो। सिफारिस हुनेहरुमा नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनी र दामोदर बसौला थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment