सुनको मूल्यले राख्यो नयाँ रेकर्ड
काठमाडौं। नेपाली बजारमा मंगलबार सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक लाख ७१ हजार तीन सय ? पैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। आजको सुनको भाउ इतिहासकै उच्च विन्दु हो। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत कात्तिक १५ र फागुन ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य भने घटेको छ। आज तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रुपैयाँ कामय भएको महासंघले जनाएको छ। हिजो चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबा भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment