अमेरिका प्रलोभनमा डेढ करोड ठगी

डिसी नेपाल
१४ फागुन २०८१ १६:५९
44
Shares

काठमाडौं । अमेरिका पठाइदिने आश्वासन दिएर झन्डै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय वीरेन्द्र खड्का छन्।

उनीहरूमाथि वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश हुँदै अमेरिका पठाइदिने आश्वासन दिएर रकम ठगी गरेको आरोप छ।

नेपाल प्रहरीका अनुसार, अमेरिका पठाइदिने नाममा उनीहरू दुई पीडितबाट एक करोड ४४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषराजलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो। मधुकुमार र वीरेन्द्रलाई काठमाडौंस्थित टोखा नगरपालिका–८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारकाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *