भैरहवामा पैगामे हक कान्फ्रेन्स हुँदै, १४ छात्राको दीक्षान्त हुने

डिसी नेपाल
१४ फागुन २०८१ १८:३०
56
Shares

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बालापुरमा रहेको दारुल उलूम कादरिया अहले सुन्नत शमसुल उलूमले ८औं दीक्षान्त कार्यक्रम बिहीबार गर्दैछ।  भैरहवाको डाडागाउँस्थित युनिक बैंक्वेटमा छात्राहरूको जश्ने रिदाए फजीलत (दीक्षन्त) कै अवसर पारेर धार्मिक सम्मेलन (पैगामे हक कान्फ्रेन्स) गर्न लागिएको हो।

२०६६ सालमा स्थापित मदरसामा करिब ४ सय विद्यार्थी अध्ययनरत रहेका छन्। कक्षा १२ सम्म अध्यापन हुने मदरसामा यस वर्ष अध्ययन पुरा गरेकी १४ जना छात्राको दीक्षान्त गर्न लागिएको मदरसाका अध्यक्ष मुख्तार अहमदले जानकारी दिए। विहान ९ बजेबाट छात्राहरुको दीक्षान्त कार्यक्रम गरिने छ भने साझ देखि मध्यरात सम्म धार्मिक प्रवचन गरिने उनले भने।

दीक्षान्त कार्यक्रम चन्द्रौटा मदरसाकी गुरु सविना सिद्दीका अम्जदीको समुपस्थितीमा हुनेछ भने साझको प्रवचनमा प्रमुख वक्ताको रुपमा भारतको पूर्णिमा विहारका धर्मगुरु मुफती डाक्टर शहरेयार रजा कादरीले सहित विभिन्न तह र अतिथी वल्माहरुबाट प्रवचन हुनेछ।

सम्मेलनमा शायरे इस्लाम सरफराज नुरी, ओल्माएकराम, एजाज तशरीफ लगायतको उपस्थित रहने उनले बताए। अध्यक्ष मुक्तारले सम्मेलनमा सहभागी हुनेको जीवनमा राम्रो प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा धार्मिक शिक्षामा योगदान पुर्‍याएका विद्वान्हरूलाई सम्मान गर्ने र धार्मिक ज्ञानको प्रचारप्रसार गर्दै युवाहरूलाई सही मार्गनिर्देशन दिनु रहेको छ। नेपाल सरकारले हाललाई कक्षा ८ सम्मको मात्र स्वीकृति दिए पनि यस मदरसामा कक्षा १ देखि १२ सम्मको अध्ययन भइरहेको छ।

आयोजकका अनुसार कार्यक्रममा करिब ३ हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ। कार्यक्रममा सबै इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई धार्मिक पुण्य (सवाबे दारैन) प्राप्त गर्न आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *