पौडी खेल्ने क्रममा डुबेर कास्कीमा एक जनाको मृत्यु
कास्की । रूपा गाउँपालिका-७ कालीढुंगास्थित पाचे खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर मादी गाउँपालिका-८ पाखुरीकोट बस्ने १३ वर्षीय सन्दीप नेपालीको मंगलबार दिउँसो मृत्यु भएको छ।
डुबेर अशक्त भएका उनको किङ्खु स्वास्थ्य चौकी लमजुङ हुँदै पश्चिम क्षेत्रीय अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment