सुकेधारामा एक व्यक्तिको शव फेला
काठमाडौं । सुकेधारास्थित धोबीखोला करिडोर नजिक एक व्यक्तिको शव फेला परेको छ।
बुधबार राति धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा ओलखढुंगाका तेस्रोलिंगी अड्विर राईको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ। प्रारम्भिक जाँचमा राईको मृत्यु शंकास्पद देखिएको र आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment