जबरजस्तीकरणी मुद्दामा दोषी भई फरार व्यक्ति पक्राउ

डिसी नेपाल
१५ फागुन २०८१ २३:०२
152
Shares

भादगाउँ (भक्तपुर)। जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु घर भई हाल चाँगुनारायण नगरपालिका–९, ताथली बस्दै आएका ४९ वर्षीय अच्युतमणि रिसाल रहेको प्रहरीको भनाइ छ। रिसाललाई प्रहरीले भक्तपुर नगरपालिकाको च्याम्हसिंहबाट पक्राउ गरेको हो।

रिसाललाई भक्तपुर जिल्ला अदालतले गत कात्तिक २१ गते जबरजस्ती करणी मुद्दामा सात वर्ष कैद र रु तीन लाख दण्ड जरिवाना हुने फैसला गरेको थियो। रिसाल अदालतको पैmसलापछि फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

रिसाललाई कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको न्यौपानेले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *