रुपन्देहीमा गोली प्रहार गरी युवकको हत्या
भैरहवा । रुपन्देहीको मायादेवी–२ महदेवा (डङ्गचाहावाका)का २९ वर्षीय युवकको गोली हानी हत्या भएको छ।
शुक्रबार राति घर भएकै बेला राकेश सिंह लोध (राजु) माथि गोली प्रहार गरी हत्या भएको हो।
राति उनीमाथि गोली प्रहार भए पनि बिहान अवेरसम्म नउठेपछि स्थानीयले घर पुग्दा बरन्डामा शव फेला परेको थियो।
रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले आँखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको बताए। बिहान करिब ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुग्दा रक्ताम्य उनको शव फेला परेको थियो।
शव पोष्टमार्टमाका लागि भैरहवास्थित भीम अस्पताल पठाउन लागिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment