एमाले सचिवालय बैठक बस्दै, के-के छन् एजेण्डा ?

डिसी नेपाल
१८ फागुन २०८१ ६:४४
168
Shares

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक अपरान्ह २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन्।

उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ। सत्ता-सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन्।

आफैंले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ। सरकारमै रहेको दलहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन्।

यसअघि हिज बसेको सत्ता साझेदार दलहरु नेकपा एमालेको र नेपाली कांग्रेस र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूमिसम्बन्धी अध्यादेशबारे पुनः जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी सँग छलफल गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *