एमालेको सचिवालय बैठक जारी

डिसी नेपाल
१८ फागुन २०८१ १४:४२
60
Shares

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बसिरहेकाे छ।

केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल भइरहेकाे छ। सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन्।

आफैंले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ। सरकारमै रहेको दलहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *