राष्ट्रियसभा सदस्यको समिति हेरफेर
अध्यक्षता ग्रहण गर्नुहुँदै सभाका अध्यक्ष दाहाल
काठमाडौ, १८ फागुनः सङ्घीय संसद, नयाँबानेश्वरमा आइतबार बसेको राष्ट्रियसभाको बैठकको अध्यक्षता ग्रहण गर्नुहुँदै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल । तस्बिरः रत्न श्रेष्ठ÷रासस
काठमाडौं। राष्ट्रियसभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ।
सभाको आजको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको जानकारी दिए।
यस्तै, सदस्य नारायणदत्त मिश्रलाई ‘विधायन व्यवस्थापन समिति’ बाट ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ हेरफर गरिएको छ। समिति हेरफेर गर्ने प्रस्तावमा बैठकले सहमति जनाएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment