बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला १ लाख ६८ हजार १ सयमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १९४० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment