पृथ्वीनारायणका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान दिँदैनौं : गोकुल बास्कोटा

डिसी नेपाल
२१ फागुन २०८१ १०:३४
460
Shares

काठमाडौं। नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाखमा सकाउने योजना चै सफल हुदैन भन्दै पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका हुन्।

बास्कोटाले पृथ्वीनारायण शाहले नेपाल बनाएर ईतिहास रचे भन्दै ज्ञानेन्द्रले जनताको हक खोसेको हुनाले ईतिहासले बिदा दिएको उल्लेख गरेका छन्।

उनले भनेका छन्- 

पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाकमा सकाउने योजना चै सफल हुदैन । पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान दिदैन । उनले नेपाल बनाएर ईतिहास रचे।यिनलाई जनताको हक खोसेको हुनाले ईतिहासले बिदा दियो।साईत हेर्न पर्दैन । पारश शाहलाई बिना पुर्वाग्रह स्वास्थ लाभको कामना गर्दछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *