शंखरापुरको एक आश्रयस्थलमा टिप्पर छिर्दा तीन जनाको मृत्यु

डिसी नेपाल
२३ फागुन २०८१ ८:०२
212
Shares

काठमाडौं। काठमाडौंको शंकरापुर नगरपालिका -६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिप्पर छिर्दा तीन जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा अन्दाजी २१ वर्षीय आकाश र सुमन, यसैगरी अन्दाजी ४५ वर्षीय हरिजन रहेका छन्। उनीहरूको वास्तविक पहिचान भने थाहा छैन। यी नाम पनि संस्थाले राखेको हो।

आज बिहान ३ः४० मा अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ छिर्दा उक्त घटना भएको साँखु प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोक मेलम्ची–१२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर अनियन्त्रि भइ छिरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

उक्त अनाथालय युबराज थापाले संचालन गरेका हुन्। द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा जम्मा ६१ जना बस्दै आएका थिए। टिपरले छिरेको कोठामा १० जना सुतिरहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *