चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’
काठमाडौं। भीमदर्शन रोका स्मृति कोषले आज काठमाडौंमा एक समारोहकाबीच छ दशकदेखि सिर्जनामा सक्रिय वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु ५० हजार एक राशिको आदर्श गुरु सम्मान प्रदान गरेको छ।
उनलाई सिद्धार्थ वनस्थली स्कुलका प्राचार्य रुपक राजवंशी, साहित्यकार रोचक घिमिरेले सम्मानपत्र र खादा ओढाउँदै सम्मान गरे। कोषले आजै काभ्रेको पनौतीमा रहेको सहारा ज्येष्ठ नागरिक समाजलाई पनि त्यति नै रकमसहित सम्मान गरेको छ।
सम्मानित भएपछि कलाकार शाहले आफूलाई सिर्जनामा लाग्न जाँगर थपिएको बताए। उनी स्वदेशमा मात्र नभई विदेशमा पनि परिचित छन्। बेलायतको टेक मोर्डन आर्ट ग्यालरीमा उहाँको मात्र चित्र राखिएका छन्।
साहित्यकार रोचक घिमिरेले स्रष्टा सम्मानलाई समाजले निरन्तरता दिनुपर्नेमा जोड दिए भने प्राचार्य राजवंशीले भीमदर्शन रोकाको शैक्षिक योगदानको चर्चा तथा कलाकार शाहका कलाकृतिको समीक्षा गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment