पूर्वविशिष्टको सुविधा घटाउने गरि कानून बनाउन खोजिएको महतको दाबी
काठमाडाैं। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वविशिष्टहरुको सुविधा घटाउने गरि कानून बनाउन खोजिएको बताएका छन्।
आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पूर्वविशिष्टको सुविधा बढाउनका लागि नभइ घटाउने गरि कानून बनाउन खोजिएको बताएका हुन्।
पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानून बनाउन खोजिएको बिषयमा कुनै सत्यता नरहेको उनले दाबी गरे। उनले पूर्वविशिष्टहरुको सुविधालाई घटाउने गरि कानून अघि बढाउने जिकिर गरे।
प्रवक्ता महतले मुलुकमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा राजसंस्था पुनस्र्थापित गराएर जनताले जोखिम लिन नसक्ने दाबी गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment